BIZMANDU
www.bizmandu.com

‘गरिमा रेमिट’ बाट पठाएको पैसा देवः विकास बैंकबाट भुक्तानी पाउने

२०७५ साउन २९

Tata
GBIME
Nepal Life

काठमाडौं। ‘गरिमा रेमिट’ सेवा सञ्चालनको लागि गरिमा विकास बैंक र देवः विकास बैंक बिच सम्झौता भएको छ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात देवः विकास बैंकका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन पाउन र खातामा जम्मा गर्न सकिने छ।