BIZMANDU
www.bizmandu.com

सेल्फी लिने रहरले गयो ज्यान, हिल्सामा हेलिकोप्टर नजिकै उभिएर सेल्फी लिने भारतीयको मृत्यु

२०७५ साउन २९


काठमाडौं। हिल्सामा हेलिकोप्टर छेउमा सेल्फी लिँदा एक भारतीय  तीर्थयात्रीको मृत्यु भएको छ। 

Vigo
GBIME
Tata

मानसरोवर दर्शन गर्न गएका  भारतीय तिर्थ यात्री नगेन्द्र कुमार कार्तिकेय मेहताको हेलिकोप्टर  नजिकै उभिएर सेल्फी लिने क्रममा मृत्यु भएको हो। महाराष्ट्रका अन्दाजी ४२ वर्षका नरेन्द्र श्रीमतीका साथ मानसरोवर यात्रामा गएका थिए।

सिमीकोटबाट ६ जना तिर्थयात्री लिएर गएको मनाङ एयरको अल्फा ९ एनएएमभि सवा तीन बजे हिल्सामा अवतरण गरेको स्रोतले बिजमाण्डूलाई बतायो।

स्रोतका अनुसार ती यात्रुले सेल्फी लिने क्रममा हेलिकोप्टरको पछिल्लो भागमा रहेको टेल रोटरमा ठोक्किन गइ मृत्यु भएको स्रोतले जानकारी दिएको छ।

यात्रु ठोक्किएर भएको दुर्घटनामा हेलिकोप्टरको पछिल्लो भागमा समेत क्षति पुगेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार मृतकले हेलिकोप्टर अवतरण भइसकेपछि अरु यात्रुलाई पठाएर हेलिकोप्टरको टेल रोटर छेउमा सेल्फी लिन गएका थिए।