BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको ७९ औं शाखा काठमाडौँको टोखामा, साना ब्यावसाय कर्जामा पहुँच बढाउने लक्ष्य

२०७५ साउन २९

 

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको ७९ औं शाखा काठमाडौँको टोखामा संचालनमा आएको छ।

एक समारोहका बिच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले शाखाको उद्घाटन गरेका छन्।

उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।

बैंकले टोखा शाखाबाट साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु ग्राहकहरुलाई प्रदान गर्ने टोखा शाखाका प्रवन्धक योगेश महर्जनले बताए। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा दिदै आएको छ।