BIZMANDU
www.bizmandu.com

मलेशियाले सिंगापुरलाई बेच्ने पानीको भाउ बढाउने, ‘सिंगापुरले अब दश गुणा बढी तिर्नुपर्छ’

२०७५ साउन २९

मलेशियाले सिंगापुरलाई बेच्ने पानीको भाउ बढाउने, ‘सिंगापुरले अब दश गुणा बढी तिर्नुपर्छ’
मलेशियाले सिंगापुरलाई बेच्ने पानीको भाउ बढाउने, ‘सिंगापुरले अब दश गुणा बढी तिर्नुपर्छ’

Tata
GBIME
Nepal Life
विश्वकै बृद्ध प्रधानमन्त्रीका रुपमा कमब्याक गरेका मलेशियाली प्रधानमन्त्री महाथिरले सन् १९६२ को पानी सन्धी आफ्नो देशका लागि महँगो सावित भएको भन्दै त्यसको आलोचना गरेका छन्। उनले सिंगापुरसँग त्यस सन्धिको पुनरावलोकन गर्नसक्ने पनि बताएका छन्। 
पुत्रजया। मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सिंगापुरलाई बेच्दै आएको पानीको मूल्य बढाउन चाहेका छन्। हाल दिँदै आएको भन्दा दश गुना बढी मूल्यमा मात्रै सिंगापुरलाई पानी दिनुपर्ने उनले बताएका छन्। 

यो पनि पढ्नुस्: मेलम्ची, हाम्रा नेता र सिंगापुरको पानी सपना

 
दुई देशबीच भएको पानी सम्झौता आगामी सन् २०६१ मा मात्रै सकिन्छ। सम्झौता अनुसार हाल सिंगापुरले दैनिक २५ करोड ग्यालन अप्रशोधित पानी जोहोर नदीबाट लाने गरेको छ। यसबापत जोहोरलाई दैनिक ५० लाख ग्यालन प्रशोधित पानी फिर्ता दिने गरेको छ। 
 
सिंगापुरले प्रति एक हजार ग्यालन अप्रशोधित पानीको ३ सेन अर्थात १ सिंगापुर सेन्ट तिर्छ भने जोहरलाई प्रति १ हजार ग्यालन प्रशोधन गरिएको पानी ५० सेनमा ब्रिकी गर्छ। सिंगापुरले यो मूल्य पानी प्रशोधनको मूल्यभन्दा निकै कम भएको र यसमा सरकारले बढी नै अनुदान दिएर मलेशियालाई दिइरहेको दावी गर्दै आएको छ। 
 
एसोसिएट प्रेससँगको कुराकानीमा मलेशियाली प्रधानमन्त्री महाथिरले जोहोरले मलेशियाकै दक्षिणी शहर मेलाकालाई बेच्ने अप्रशोधित पानीको मूल्य प्रति हजार ग्यालनको ३० सेन लिने गरेको बताए। उनले त्यसलाई च्यारिटेबल पनि भनेका छन्। यस अनुसार अरु कुनै देशलाई पानी बेच्दा आफूहरुले त्यो भन्दा धेरै पैसा लिनुपर्ने उनले तर्क गरे। 
 
विश्वकै बृद्ध प्रधानमन्त्रीका रुपमा कमब्याक गरेका मलेशियाली प्रधानमन्त्री महाथिरले सन् १९६२ को पानी सन्धी आफ्नो देशका लागि महँगो सावित भएको भन्दै त्यसको आलोचना गरेका छन्। उनले सिंगापुरसँग त्यस सन्धिको पुनरावलोकन गर्नसक्ने पनि बताएका छन्। 
 
महाथिरले यसअघि सन् १९८१ देखि सन् २००३ सम्म मलेशियाको प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका थिए। 
 
गत जुलाइमा सिंगापुरको बिदेश मन्त्रलाय बिज्ञप्ती मार्फत मलेशियाले १९६२ मा भएको पानी सम्झौता अनुसार पानीको मूल्य पुनरावलोकन गर्ने अधिकार गुमाएको भन्दै आफु त्यसै सम्झौतामा अडिग रहँदै आएको जनाएको छ। 
 
मलेशियाको राष्ट्रिय समाचार समिति बेरनामाले मलेशियाका बिदेश मन्त्री सैफुद्दिन अब्दुल्लाहको २५ वर्षमा सम्झौताको पुनरावलोकन गर्न पाउने भनाइ राखे लगत्तै सिंगापुरको बिदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको थियो। 
 
यसअघि गत जुलाइमै जोहोर राज्यका मुख्यमन्त्री  ओस्मान सापियनले पानीको मूल्य बढाउनकालागि दक्षिणी छिमेकी सिंगापुरसँग पहल गर्ने बताएका थिए। त्यसै महिना मलेशियाका बिदेशमन्त्री सैफुद्दिनले पानी सम्झौताबारे सिंगापुरसँग मूल्यमा पुनरावलोकन गर्न वार्ताका लागि प्रक्रिया सुरु गर्ने बताएका थिए।