BIZMANDU
www.bizmandu.com

प्राइम बैंकको नाफा २८% ले बढ्यो, स्प्रेड दरको बृद्धिले नाफामा सुधार, खराव कर्जा दर घट्यो

२०७५ साउन २९


 
काठमाडौं। प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २८ प्रतिशतले नाफा बढाएको छ। असारसम्ममा एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको छ भने अघिल्लो वर्ष एक अर्ब ४६ करोड रुपैयाँ थियो। 
 
नेपाल राष्ट्र बैंकको नियम अनुसार नाफा समायोजन नगर्दा एनएफआरयस अनुसार एक अर्ब ९४ करोड रुपैयाँ नाफा देखिन्छ। खुद ब्याज आम्दानी ३४ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ। व्याज आम्दानी ६२ प्रतिशतले बढ्दा व्याज खर्च भने ७८ प्रतिशतले बढेको छ। 
 
असारसम्ममा ८१ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब २९ करोड रुपैयाँ छ। पूँजी कोष अनुपात १३.२८ प्रतिशतबाट १२.५४ प्रतिशतमा झरेको छ। बढ्दो पूँजी कोष अनुपातलार्इ पनि प्रयोग गर्दा बैंकको वित्तीय विवरणको आकार बढेको छ। 
 
खराव कर्जामा ०.२२ प्रतिशतको सुधारसँगै ०.६६ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि थोरै ०.१७ प्रतिशतले घटेर १०.४७ प्रतिशत छ। स्प्रेड दर ०.८७ प्रतिशतले बढेर ४.३२ प्रतिशत छ। प्रति शेयर आम्दानी २३ रुपैयाँ छ।  

Tata
GBIME
Nepal Life