BIZMANDU
www.bizmandu.com

एक लाख ६५ हजार पाउण्डको यो पेन्टिङ सक्कली कि नक्कली? किनेको १२ बर्षपछि जन्मियो प्रश्न

२०७५ साउन २९

एक लाख ६५ हजार पाउण्डको यो पेन्टिङ सक्कली कि नक्कली? किनेको १२ बर्षपछि जन्मियो प्रश्न
एक लाख ६५ हजार पाउण्डको यो पेन्टिङ सक्कली कि नक्कली? किनेको १२ बर्षपछि जन्मियो प्रश्न


 
एक वरिष्ठ कलाकारको पेन्टिङ सम्झेर एक लाख ६५ हजार पाउण्डमा बिक्री भएको पेन्टिङ सक्कली हो/होइन भन्नेमा प्रश्न उठेको छ। एउटा जग र नासपाती कोरिएको पेन्टिङ बेलायका कलाकार सर विलियम निकलसनको सृजना ठानिएको छ।
 
बिबिसीका अनुसार, यो पेन्टिङ कसले बनाएको भन्नेमा अहिलेसम्म प्रमाण फेला परिसकेको छैन। तर एक विज्ञले भने यो सर विलियमकै पेन्टिङ भएको दावी गरेका छन्।
 
बिबिसीको 'फेक ओर फर्च्युन' कार्यक्रमका प्रस्तोता फिओना ब्रुसले यो पेन्टिङ नक्कली भएकोतर्फ जुटेका प्रमाणहरु एकदमै बलियो रहेको बताएका छन्।
 
पेन्टिङ किनेकी लिनले पेन्टिङ सक्कली हो भन्नेमा उनलाई थोरै पनि शंका नलगाएको बताएकी छिन्, उनले पेन्टिङ २००६ मा किनेकी थिइन्। 'पहिलो नजरमै मलाई पेन्टिङ मन परेको थियो' उनले भनिन्। तर जब २०११ मा कलाकार निकलसनको सबै कलाकृतिको क्याटलग प्रकाशित भयो, त्यसमा यो पेन्टिङको नाम उल्लेख थिएन।


 
'त्यसबेला म धेरै दुखी भएँ। मलाई लाग्यो न्याय मर्यो' उनले भनिन्, 'मेरो शंकालाई फेक ओर फर्च्युनको टिमले गलत सावित गरिदियोस्।' यो पेन्टिङ विल डार्बीको ग्यालरीबाट खरीद गरिएको थियो। जहाँ यो पेन्टिङ प्रदर्शनीमा राखिएको थियो। 
 
निकलसनको जन्म १८७२ मा भएको थियो। उनले ५० बर्ष पेन्टिङ नै कोरेर बिताए। अहिले विवाद उत्पन्न भएपछि पेन्टिङ सक्कली हो या नक्कली हो भन्नेमा विस्तृत अध्ययन भइरहेको बिबिसीले जनाएको छ। 

Tata
GBIME
Nepal Life