BIZMANDU
www.bizmandu.com

मनकामना केवलकारले दशैअघिनै तीन वटा डिब्बा थप्ने, यात्रुको चाप बढेको बढ्यै

२०७५ साउन २७

मनकामना केवलकारले दशैअघिनै तीन वटा डिब्बा थप्ने, यात्रुको चाप बढेको बढ्यै
मनकामना केवलकारले दशैअघिनै तीन वटा डिब्बा थप्ने, यात्रुको चाप बढेको बढ्यै

Tata
GBIME
Nepal Life

काठमाडौं।मनकामना केवलकारले तीनवटा गोन्डोला( डिब्बा) दशै अघिनै थप्ने भएको छ।यात्रुको चाप बढेपछि कम्पनीले पहिलोपटक तीनवटा डिब्बा थप्न लागेको हो।

कम्पनीले डिब्बा ल्याइसकेको छ।कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले १ करोड २० लाख रुपैयाँमा तीन वटा डिब्बा थप्न लागेको जानकारी दिँदै दशै अगाडीनै संचालनमा आइसक्ने बताए।‘यात्रुको चाप थेग्न नसकेपछि गोन्डोला थप्न लागेका हौं।गोन्डोला ल्याउन एलसी खोलिसकेका छौं’उनले बिजमाण्डूसँग भने।

यो गोन्डोला थपिएपछि मनकामना केबलकारमा ३४ वटा गोन्डोला पुग्नेछ।तीन वटा गोन्डोलाबाट थप दैनिक ८ सय ६४ यात्रु मनकामना केबलकारमा चढ्न सक्नेछन्।अहिले दैनिक ८ हजार यात्रु केबलकारले ओसारपसार गर्न सक्ने क्षमता छ।१९ वर्षअघि संचालनमा आएको यो केबलकारमा अहिलेसम्म १ करोड २७ लाख यात्रु चढिसकेका छन्।
 
२०५५ साल मंसिर ८ गते सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।पाँच सय वर्षभन्दा लामो इतिहास भएको हिन्दुहरुको आस्थाकी देवी मनकामना मन्दिर जाने स्थानमा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले केवलकार निर्माण गरेका थिए । 'मनकामना मन्दिर स्वदेशी र विदेशीको समेत प्रमुख धार्मिक गन्तब्य हो', श्रेष्ठले भने – मनकामना मन्दिरमा भाकल गर्ने व्यक्तिहरु दोहोर्याएर आउने गर्छन्।' यात्रु बढ्न थालेपछि कम्पनीले गोन्डोला थप्नुपर्ने बाध्यात्मक अवस्था आएको हो।‘