BIZMANDU
www.bizmandu.com

करको भारमा बोल्यो एफएनसीसीआर्इ, स्थानीय तहमा कर निर्धारण गर्दा आफ्ना प्रतिनिधी राख्न माग

२०७५ साउन २३

Vigo
GBIME
Tata

वीरगंज।नेपाल उद्योग वाणिज्य महासंघले २३ बुँदे वीरगंज घोषणापत्र जारी गर्दै राष्ट्रिय भेला सकिएको छ।

महासंघको जिल्ला तथा नगरस्तरीय राष्ट्रिय भेलाले करका दरहरु अत्यधिक भएको, अध्ययनबिना लागु गरिएको, करमा दोहोरोपन भएको, एकीकृत सम्पत्ति कर, घर बहाल कर, बैंकको ब्याज दर अत्यधिक वृद्धि भएको उल्लेख गरेको छ।
 

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले प्रदेशबाट लागु गरिएका करका दरहरु अत्यधिक भएको र  अध्ययनबिना लागु गरिएको बताए।

घोषणापत्रमा स्थायी सरकार भएको अनुभूति हुनुपर्ने,स्वदेशी उद्योगलार्इ अनिवार्य प्रवर्द्धन गर्नुपर्ने,स्थानीय तह कर संकलन गर्न भन्दा जनताको सेवा दिने हुनुपर्ने,स्थानीय तह र प्रदेश सरकारबाट कर निर्धारण गर्दा स्थानीय उद्योग वाणिज्य अनिवार्य संघको सहभागिता गराइनुपर्ने,न्यूनतम जरीवाना लिएर फर्म नवीकरण हुनुपर्ने, ऋणको ब्याजदर ८ प्रतिशत भन्दा बढी हुन नहुने लगायत उल्लेख छ।