BIZMANDU
www.bizmandu.com

नविल बैंकमा १०० जनालार्इ जागिरको अवसर, प्लसटु पास गरे पुग्ने, कुन कुन ठाउँमा जानु पर्छ?

२०७५ साउन २३

नविल बैंकमा १०० जनालार्इ जागिरको अवसर, प्लसटु पास गरे पुग्ने, कुन कुन ठाउँमा जानु पर्छ?
नविल बैंकमा १०० जनालार्इ जागिरको अवसर, प्लसटु पास गरे पुग्ने, कुन कुन ठाउँमा जानु पर्छ?


 
काठमाडौं। नविल बैंकले विभिन्न गाउँपालिकाका लागि एक सय जना प्रशिक्षार्थी कामदार (ट्रेनी) माग गरेको छ। नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंकहरुलार्इ ७५३ वटै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएसँगै बैंकहरुले नयाँ शाखाको लागि कर्मचारी माग गरिरहेका छन्। 
 
नविल बैंकले नयाँ शाखा कार्यलायको लागि प्स टु पास गरेकालार्इ ट्रेनिको रुपमा आह्वान गरेको छ। बैकले १० वटा जिल्लाको ११ वटा गाउँपालिकाका लागि ट्रेनीको माग गरेको हो। 
 
अछाम जिल्लाको तुर्माखाँद र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर, बझाङको वित्ताडचिर, डडेलधुराको अलिताल, डोटिको सयाल, जुम्लाको तिला, कालिकोटको पाचलझरना र पालता, सुर्खेतको बराह ताल, सल्यानको दर्मा, रुपन्देहीको साम्मरीमाइ गाउँपालिकाका लागि कर्मचारी माग गरेको हो। 
 
भदौ ६ गतेसम्म २५ वर्ष ननाघेका नेपालीले आवेदन दिन सक्ने बैंकले जनाएको छ। भदौ ६ गतेसम्म मेरोजवडटकममार्फत आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ। स्थानीय स्तरकै आवेदकलार्इ प्राथमिकता पाउने बैंकले जनाएको छ। 

Tata
GBIME
Nepal Life