BIZMANDU
www.bizmandu.com

भानुभक्त ढकाललाई कानुन मन्त्री बनाइँदै, संघीय समाजवादी फोरमबाट राज्यमन्त्री थपिने

२०७५ साउन १८

Tata
GBIME
Nepal Life

काठमाडौँ ।विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्।

ढकालले आफूलाई मन्त्री बनाउने खबर आएको पुष्टि गरे। वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम थिययो भानुभक्त ढकाल। यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो।

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो। मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए।

त्यसैगरी संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्री थप हुने भएको छ। स्रोतका अनुसार डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाइँदैछ। यादव महोत्तरी ४ बाट विजयी भएका हुन्।