काठमाडौं।नेपालका लागि हुण्डार्इको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विहिबारदेखि देशभरिनै हुण्डार्इ एक्सचेन्ज मेला सुरु गर्ने भएको छ।
आइतबारसम्म चल्ने यो मेलामा स्पट एक्सचेन्ज एण्ड भ्यालुएसन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स र नगद छुट दिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार लोयल्टी बोनश २० हजार, एक्सचेन्ज बोनश १ लाख ५० हजारसम्मका साथै चार वर्ष फ्री सर्भिस तथा तीन वर्षको वारेन्टी दिइनेछ।
कम्पनीले टेष्ट ड्राइभ गर्ने चारजना लक्की विजेतालार्इ कुलप्याड प्ले ६ स्मार्टफोन दिने जनाएको छ।कम्पनीका सहायक महाप्रवन्धक रुपेशशर्मा भट्टले एक्सचेन्ज मेलामा सवारीसाधन अपग्रेडका लागि अवसर दिने बताए।