BIZMANDU
www.bizmandu.com

पञ्चकन्या माइ हाइड्रोपावरको आइपिओ शुक्रबार बाडफाँट हुने, नेपाल बैंकको एफपिओमा १०% मात्रै आवदेन

२०७५ साउन ९

पञ्चकन्या माइ हाइड्रोपावरको आइपिओ शुक्रबार बाडफाँट हुने, नेपाल बैंकको एफपिओमा १०% मात्रै आवदेन
पञ्चकन्या माइ हाइड्रोपावरको आइपिओ शुक्रबार बाडफाँट हुने, नेपाल बैंकको एफपिओमा १०% मात्रै आवदेन

Tata
GBIME
Nepal Life

काठमाडौं। पञ्चकन्या मार्इ हाइडोपारले निष्काशन गरेको आइपिओको बाँडफाँट शुक्रबार हुने भएको छ। कम्पनीले निष्काशन गरेको आइपिओमा १०.४६  गुणा बढि आवेदन परेको थियो।

पञ्चकन्या मार्इ हाइड्रोपावरले साउन १ गतेदेखि ११ लाख कित्ता आइपिओ निष्काशन गर्ने गरेको थियो।

नेपाल बैंकले निष्काशन गरेको एफपिओमा बुधबारसम्ममा ५२ करोड ८४ लाख रुपैयाँको आवेदन परेको छ।

बैंकले प्रिमियम सहित २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपिओ निष्काशन गरेको छ। जम्मा १५ हजार ८०७ जना आवेदकबाट १८ लाख ८७ हजार ४३० कित्ताको लागि आवेदन परेको हो। बैंकलार्इ अझै ४ अर्ब ४२ करोड रुपैयाँ आवस्यक पर्ने छ।

पहिलो चरणमा बिक्री नभएर दोस्रो चरणमा पनि आमतबारसम्म मात्रै आवदेन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।