BIZMANDU
www.bizmandu.com

घरजग्गा राजस्व ३० अर्ब उठ्यो, पूँजीगत लाभकर सवा ६ अर्ब, बाग्मती सभ्यताको १ अर्ब ३० करोड

२०७५ साउन ८

घरजग्गा राजस्व ३० अर्ब उठ्यो, पूँजीगत लाभकर सवा ६ अर्ब, बाग्मती सभ्यताको १ अर्ब ३० करोड
घरजग्गा राजस्व ३० अर्ब उठ्यो, पूँजीगत लाभकर सवा ६ अर्ब, बाग्मती सभ्यताको १ अर्ब ३० करोड


GBIME
Tata

काठमाडौं।गत आर्थिक वर्ष २०७४/७५ मा घरजग्गा किनबेचबाट ३० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा यो राजस्व २६ अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो।

गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन तर्फ २३ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा रजिष्ट्रेशन तर्फ २० अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

काठमाडौं उपत्यकाका ८ वटा मालपोत कार्यालयले बाग्मती सभ्यताका लागि गत आर्थिक वर्षमा एक अर्ब ३० करोड रुपैयाँ संकलन भएको छ।पूँजीगत लाभकरमा गरेको कडाइपछि लाभकरमा भने वृद्धि भएको छ। गत आर्थिक वर्षमा छ अर्ब २५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। अघिल्लो वर्ष चार अर्ब ६२ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो।गत आर्थिक वर्षमा ३० अर्ब ६७ करोड रुपैयाँ कुल राजस्व संकलन भएको छ।
गत वर्षको साउनमा वर्षमा एक पटकमात्रै कित्ताकाट गर्न पाउने प्रावधान ल्याएको थियो।

तर अंशबण्डा लगायतका वैकल्पिक उपाय निकाल्दै जग्गा व्यावसायीले कृषि योग्य जमिन खरीदबिक्री गरेकोले कारोबार बढेको हो।गत आर्थिक वर्षमा ११ महिना सम्म लक्ष्य अनुसार राजस्व संकलन नभएपनि नयाँ आर्थिक वर्ष २०७५/७६ को बजेटबाट १० लाख रुपैयाँ माथीको कारोबारमा पूँजीगत लाभकर लिने घोषणा गरेपछि १२ औ महिनामा तीन अर्ब रुपैयाँ राजस्व र एक अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो।