BIZMANDU
www.bizmandu.com

व्यापारको आडमा हुण्डी कारोबार, न्यूरोड र कुलेश्वरबाट पाँच जना पक्राउ, ५३ लाख नगद समेत बरामद

२०७५ साउन ७

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाभित्र  हुण्डीको कारोवार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमवार दिउँसो न्यूरोड र कुलेश्वर क्षेत्रमा विभिन्न व्यापारको नाममा हुण्डीको कारोवार गर्ने पाँच जनालार्इ पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा माँ चामुण्डा फ्रुट सेन्टरका संचालक ४५ वर्षीय विजय गुप्ता, रिभरसिटी सहकारी संस्थाका कर्मचारी २३ वर्षीय दीपक श्रेष्ठ, ब्राईन ईन्टरनेशनल प्रालिका कर्मचारी २९ वर्षीय संजित पाण्डे, व्यापारी अंकित अग्रवाल र रिभरसिटी सहकारी संस्थाका कर्मचारी पुजन छाला जिमी छन्।

उनीहरुले ह्वाटसएप लगायतको सामाजिक संजालको प्रयोग गरि हुण्डी कारोवारा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरुको साथबाट प्रहरीले ५३ लाख १९ हजार रुपैयाँ नगद र २३ लाख १३ हजार रुपैयाँ बराबरको चेक समेत बरामद गरेको छ।

थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ। भारत, दुवई, चीन लगायतका देशमा हुन्डीको कारोवार हुने गरेको छ। कारोवारीहरुले १ लाख रुपैयाँ हुन्डी गरे वापत २ हजार रुपैयाँ कमिसन लिने गरेका छन्।