BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकले डेढ अर्ब ल्याउने भएसँगै नेप्सेमा १२ अंकको बृद्धि, सबै उपसूचक हरियो

२०७५ साउन ७


 काठमाडौँ। कारोबारमा आएका सबै उपसूचकमा वृद्धि भएपछि सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ।

Tata
GBIME
Nepal Life

सोमबार कारोबार मापक सूचक १२.८४ अंकले बढेर ११९४.५० अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले बढेर २५१.३२ अंकमा पुगेको छ।

सोमबार कारोवारको सुरुवात देखिनै बजारमा सुधार देखिएको थियो। ११८१ अंकबाट सुरु भएको बजारमा कारोबारको तेस्रो घण्टासम्म सामान्य सुधार देखिएको थियो। तर तेस्रो घण्टापछि बजारले तीव्र गतिमा वृद्धि कायम गर्दा अन्तमा बजार दोहोरो अंकको वृद्धि सँगै बन्द भएको छ।

बजारमा बैंकको ब्याजदर बिस्तारै घट्दै जाने आँकलन लगानीकर्ताले गर्दा त्यसको प्रभाव बजारमा देखिएको इन्भेस्टर फोरमका महासचिव राजन लम्सालले जानकारी दिए।

विदेशी बैंकबाट स्वदेशी बैंकले ऋण ल्याउन थालेको खबर आएकोले भविष्यमा ब्याजदर घट्ने लगानीकर्ताको अनुमान छ। यता ५० वटै ब्रोकर कम्पनीले लगानीकर्तालाई अनलाइनकालागि लग-इन दिन सुरु गरेकालेपनि बजारमा सुधार देखिएको लम्सालको ठम्याइ छ।

सोमबार १५७ कम्पनीका ६ लाख ५८ कित्ता शेयर १८ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भयो।

कारोबारमा आएका सबैजसो उपसूचक बढेका छन्। बैंक ८.०६, विकास बैक १५.८८, जलविद्युत १९.०१, फाइनान्स १.८, निर्जीवन बीमा १३३.५१, उत्पादनमूलक १०.९१, अन्य ९.६३, लघुवित्त ३५.४५ र जीवन बीमा ५४.८६ अंकले बढेका छन्। होटेलमा कुनै फेरबदल भएन।

नयाँ नेपाल लघुवित्तका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाए। तिनाउ डेभलपमेन्टका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।