काठमाडौं। नेपाल बैंक लिमिटेडले गत आर्थिक बर्षमा ९ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक बर्ष तीन अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष तीन अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकले ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले ६ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको भए पनि कर्मचारी तथा संचालन खर्च तीन अर्ब १४ करोड रुपैयाँ रहेकाले खुद नाफा प्रभावित भएको छ।
विवरण (रु. ०००) |
गत बर्ष |
अघिल्लो बर्ष |
चुक्ता पूँजी |
8042662 |
8042662 |
जगेडा कोष |
6803794 |
3409092 |
निक्षेप |
99831378 |
93944014 |
कर्जा तथा लगानी |
79632495 |
74372887 |
नाफा |
3399718 |
3117894 |
खराब कर्जा % |
2.9 |
3.32 |
आधार दर % |
7.03 |
6.29 |
स्प्रेड दर % |
4.99 |
4.8 |
प्रति शेयर आम्दानी (रु) |
42.27 |
|
चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोष झण्डै सत प्रतिशतले बृद्धि हुँदै ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। पूँजी कोष अनुपात ३.१३ प्रतिशत बिन्दुले बढेर १७.६० प्रतिशत पुगेको छ।
अघिल्ला वर्षको तुलनामा खराब कर्जामा सुधार गर्दै ३.३२ प्रतिशतबाट घटाएर २.९ प्रतिशतमा झारेको छ। बैंकले खराब कर्जा घटाउने क्रममा ४८ करोड १६ लाख रुपैयाँ डुबेको ऋण उठाएको छ। आधार व्याजदर ६.२९ प्रतिशतबाट ७.०३ प्रतिशत पुगेको छ। स्प्रेड दर पनि ४.८ बाट ४.९९ प्रतिशत पुर्याएको छ। प्रति शेयर आम्दानी ४२ रुपैयाँ छ।