BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकको डेविटकार्ड प्रयोगकर्ताले मेडिसिटीमा उपचार गरे छुट पाउने

२०७५ साउन ६

 

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी बिकास बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउने भएका छन्।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउनेछन्। यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटी अस्पतालको सेवाशुल्कमा १० प्रतिशत छुट पाउनेछन्।