BIZMANDU
www.bizmandu.com

नबिल बैंकको एशियन नेटसँग रेमिट्यान्स सम्झौता, जापानबाट पठाएको पैसा तत्कालै हात पर्ने

२०७५ साउन ६


काठमाडौं। नबिल बैंक र जापानको एशियन नेट कम्पनीबीच रेमिट्यान्स कारोबारकालागि सहकार्यको सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार जापानमा रहेका नेपालीले नबिल बैंकको खाताबाट अन्य बैंकहरुमा वा अन्य जुनसुकै बैंक र बित्तीय संस्थाहरुको खातामा नबिल मार्फत रकम पठाउन सक्नेछन्।

यसले जापानका नेपालीहरुकालागि सुरक्षित सस्तो र छिटो माध्यमबाट नेपाल पैसा पठाउन सकिने बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ।

बैंकका अनुसार हालै टोकियोमा आयोजित एक समारोहमा बैंकका चिफ बिजनेस अफिसर अनिल कुमार खनाल र एशियन नेट कम्पनीका अध्यक्षा हिगासिदा सुजेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने-‘यस सम्झौताबाट नबिल बैंकमा खाता रहेका ग्राहकहरुले तत्कालै र अन्य बैंकहरुमा एक कार्यदिनमै भुक्तानी पाउन सक्नेछन्।’
 
नबिल बैंक वेष्टर्न युनियनको नेपालमा रहेको एक मात्र प्रमुख एजेन्ट बैंक हो। सन् १९९७ मा स्थापना भएको एशियन नेट जापानी मनी ट्रान्सफर कम्पनी हो जुन बिभिन्न अन्तराष्ट्रिय संचार ब्यवसायमा पनि संलग्न रहेको बिज्ञप्तीमा जनाइएको छ।