BIZMANDU
www.bizmandu.com

भक्तपुरदेखि पोखरासम्म ट्वाइलेटसहितको बस संचालन, ३२ सीटको गाडीमा यस्ता छन् सुविधा

२०७५ साउन ५

Tata
GBIME
Nepal Life

काठमाडौँ। भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ । 

 
यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर भोलिदेखि बस सञ्चालन गर्न लागेको हो । 
 
व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागेको जानकारी दिए। 
 
“सेवा विस्तारसँगै भक्तपुर पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ”, उनले भने। 
 
उक्त बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल, सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै पोखरासम्म जानेछ । बत्तीस सिट क्षमता भएको बसमा ‘थाई रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था छ । व्यास ट्राभल्सको हाल दुई वटा बस सञ्चालनमा छन्।