BIZMANDU
www.bizmandu.com

हाँसिरहेको ह्वेलमाछामा उड्न मन छ? एयरबसले फ्रान्समा सार्वजनिक गर्यो ह्वेलजस्तै बिमान

२०७५ साउन ४


फ्रान्समा पहिलोपटक  हवाइ यात्रुहरुले ह्वेल माछा आकारको एयरबसमा रोमाञ्चक उडान भरेका छन्। 

Tata
GBIME
Nepal Life

विश्वमा रहेका ठूला बिमानहरुमध्येको एक बेलुगा एक्सएल एयरबसको दुइवटा आँखा समेत बनाइएको छ भने यो बिमान  हाँसिरहेको अनुहारजस्तै देखिन्छ।

बिमानलाई  हाँसिरहेको ह्वेल माछाको आकार दिइएकोले यो धेरैको लागि आकर्षक बिमान बनेको छ।

पहिलोपटक सन् २०१४ मा लञ्च गरिएको बेलुगा एक्सएल एयरबसले हाल परिमार्जित स्वरुपमा यो ह्वेल माछाजस्तो आकृतिको बिमान सार्वजनिक गरेको हो।

हाँसिरहेको ह्वेल जस्तो एयरबसले आफ्नो पहिलो ४ घण्टाको उडान सफलतापूर्वक भरेको एयरबसले जनाएको छ।