BIZMANDU
www.bizmandu.com

एलजीले पुराना फुटबल खेलाडीलाई सम्मान गर्यो, विश्वकप क्याम्पेनको टिभी बिजेता पनि घोषणा

२०७५ साउन ४


काठमाडौं। एलजीले पूर्व फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ ।

Tata
GBIME
Nepal Life

एल.जी ले राजु काजि शाक्य, वाई.वि. घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको हो।

एल.जी ले विश्वकप फुटबल सुरु हुन अघि नै एलजी सल्युट मास्टर अफ फुटबल क्याम्पेन सञ्चालन गरेको थियो । एल.जी ले काठमाडौं लगायत मुख्य सहरहरुमा यो क्याम्पेन गरको थियो ।

क्याम्पेन अन्तर्गत पूर्व फुटबल खेलाडीहरुसँग अन्तरक्रिया तथा सँगै विश्वकप हेरिएको कम्पनीले जनाएको छ।

विश्वकप सकिएपछि कम्पनीले खेलाडीहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा दुई जनालाई ४३ इन्चको स्मार्ट टि.भी. को विजेता घोषित गरिएको थियो। पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद जी तेस्रो तथा चौथो हप्ताको विजेता भएको कम्पनीले जनाएको छ।