BIZMANDU
www.bizmandu.com

खराव रेटिङको युनियन हाइड्रोपावरको प्रभावितलार्इ आइपिओ, लगानी उठ्न ९ वर्ष भन्दा धेरै समय लाग्ने

२०७५ साउन ४

Tata
GBIME
Nepal Life

काठमाडौं। खराव रेटिङ पाएको युनियन हाइड्रोपावर कम्पनीले उद्योग प्रभावित क्षेत्रको लागि साउन १४ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

सबै भन्दा खराव रेटिङ 'इक्रा एनपि आइपिओ ग्रेड ५' पाएकोकम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ। लगानीकर्ताको लगानी उठ्न अवको ९ वर्ष भन्दा धेरै समय लाग्नेछ।

तीन मेगावाट क्षमताको यो आयोजनाको जम्मा लागत ७९ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको जम्मा चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेकोमा ५१ प्रतिशत संस्थापकको, १० प्रतिशत प्रभावित क्षेत्रको लागि र ३८ प्रतिशत सर्वसाधारण र कर्मचारीको लागि छुट्टाइएको छ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँको दरमा ७ लाख ५० हजार कित्ता शेयर प्रभावित क्षेत्र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको वडा नं ८,९ र १०, वेशिसहर नगपालीकाको वडा नं ५ र १० र कास्की जिल्लाको रुपा नगरपालिकाको वडा नं १ का वासिन्दानले खरिद सक्ने छन्।

आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ३ हजार कित्तासम्मको लागि भदौ १२ गतेसम्म आवेदन दिन पाउने छन्। आवेदनको लागि लमजुङ जिल्लामा रहेका सिआस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।