BIZMANDU
www.bizmandu.com

सुन तस्करको नयाँ नयाँ जुक्ति : टाँक जस्तै गोटी बनाएर जिब्रोमुनि लुकाए आधा किलो सुन

२०७५ साउन ३


काठमाडौं :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था केही कडाइ भएपछि सुन तस्करीहरुले नयाँ नयाँ शैलीमा तस्करी गर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

बुधबार मात्र प्रहरीले सुन तस्करी गर्ने तीन  भारतीय नागरिकलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा फैजन खान, मोहमद खासिफ र नाम नखुलेका अर्का एकजना रहेको प्रहरीले जनाएको छ।

उनीहरु एयर अरबियाको विमानबाट नेपाल आएका थिए। उनीहरुको साथबाट प्रहरीले ५ सय ५९ ग्राम सुन बरामद गरेको हो।

टाँक झैं सुनको गोटी बनाएर जिव्रोमुनि लुकाइ तस्करी गर्ने गरेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

एसएसपी मैनालीले भने, 'सुन तस्करी भएको सुचना आयो र उनीहरुको चेक गर्दा मुखभित्र जिव्रोमा सुन लुकाएको भेटिएको हो। बरामद सुनको बजार मूल्य २७ लाख सात हजार रुपैयाँ पर्छ।‘

मंगलबार मात्र प्रहरीले विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई दाँतभित्र सुन लुकाएर ल्याउँदै गर्दा नियन्त्रणमा लिएको थियो।

यसअघि मलद्वारमा राखेर र सुनलाई झोल बनाएर समेत तस्करी हुने गरेको थियो।