BIZMANDU
www.bizmandu.com

कसले किन्यो ५ लाख ३६ हजार कित्ता प्रमोटर शेयर? प्राइमको मात्रै साढे ३० करोड रुपैयाँको कारोबार

२०७५ साउन ३


काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयरको कारोबारले बिहीबार शेयर बजारको कारोबार सुरु भएको दुर्इ घण्टामै ४० करोड रुपैयाँको कारोबार भएको छ। जसमा प्राइफ लाइफको मात्रै ३० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

स्रोतका अनुसार आमाको नाममा रहेको शेयर छोराको नाममा शेयर हस्तान्तरण भएको हो। आज कम्पनीको ५ लाख ३६ हजार कित्ता प्रमोटर शेयर कारोबार भएको हो।    

प्रमोटर शेयर घटाएर हेर्ने हो भने दोस्रो बजार सुरु भएको दुर्इ घण्टामा १० करोड रुपैयाँको मात्रै कारोबार भएको छ।

बिहीबार कारोबार सुरु हुँदा केही सुधार देखिएको भए पनि लगत्तै बजार ओरालो लाग्दा २ अंकसम्म ओरालो झरेको छ।