BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको रेमिट्यान्स सेवा मलेसियामा, मलेसियाबाट नेपालमा पैसा पठाउन सहज हुने

२०७५ साउन ३


काठमाडौं। सानिमा बैंक र सिबिएल मनि ट्रान्सफरबीच नेपाल र मलेसियाबीच रेमिट्यान्स सेवा संचालनको सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापछि सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत मलेसियाबाट पठाएको रकम नेपालमा भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ।

मलेसियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्ममा गर्न मिल्ने बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सिबिएल मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरे।

सानिमा एक्सप्रेसले यूएइ, मलेसिया, कतार, यूके, कोरिया लगायत विश्वभरबाट रेमिट्यान्स सेवा दिँदै आएको जनाएको छ।

हाल सानिमा बैंकको ७४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन्।