BIZMANDU
www.bizmandu.com

आईक्यानको बेस्ट एनुअल रिपोर्ट अवार्ड सिटिजन्स बैंकलाई, बार्षिक लेखापरीक्षणमा अब्बल ठहर

२०७५ साउन ३

 
काठमाडौं। इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स आईक्यानले हरेक वर्ष दिँदै आएको 'बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट' अवार्ड यस वर्ष सिटिजन्स बैंकले पाएको छ।

Tata
GBIME
Nepal Life

आईक्यानले बैंकिङ सेक्टरतर्फ सिटिजन्स बैंकको बार्षिक लेखापरीक्षणलाई संस्थागत सुशासन, बैंकको उद्देश्य, जोखिम ब्यबस्थापन तथा लेखा बिबरणका साथै बिबिध पक्षको मूल्यांकन गरी पुरस्कार दिएको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।  

आईक्यानले हरेक बर्ष उत्कृष्ट वार्षिक लेखापरीक्षणलाई यस्तो पुरस्कार दिँदै आएको छ। यसअघि सन् २०१५ मा पनि सिटिजन्स बैंकले यो पुरस्कार पाएको थियो।

बैंकले देशभरका ७८ शाखा, ७० वटा एटिएम र ९९ शाखारहित बैंकिङ इकाइहरुबाट सेवा दिँदै आएको जनाएको छ।