BIZMANDU
www.bizmandu.com

बैंकले गर्ने बिजिनेस बारे पहिले नै राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने, आइटी अडिट अनिवार्य

२०७५ साउन ३

बैंकले गर्ने बिजिनेस बारे पहिले नै राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने, आइटी अडिट अनिवार्य
बैंकले गर्ने बिजिनेस बारे पहिले नै राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने, आइटी अडिट अनिवार्य


 
काठमाडौं। अबदेखि बाणिज्य बैकहरुले सुचना प्रविधि प्रणालीको पनि अनिवार्य लेखापरीक्षण (आइटी अडिट) गराउनु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारबाट लागू हुने गरी बैकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवर्द्धन गर्न भन्दै लेखापरीक्षण अनिवार्य गरेको हो।
 
बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षबाटै राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ पनि गराउनु पर्ने भएको छ। यी दुबै ब्यवस्था नयाँ हुन्।
 
राष्ट्र बैंकले बैंकहरुको निक्षेप र ऋण लगानीको योजनालाई नजिकबाट हेर्ने गरी अर्को नयाँ ब्यवस्था पनि गरकोछ । 
 
अबदेखि बाणिज्य बैंकहरुले प्रत्येक आर्थिक बर्षका लागि निक्षेप दायित्व तथा कर्जा सापट सहितको बार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराइ राष्ट्र बैंकलाई बुझाउनु पर्छ। यो विवरण साउन मसान्तिभत्र बुझाइसक्नु पर्छ।
 
राष्ट्र बैंकले सम्बन्धित बैंकको सुपरिवेक्षणका क्रममा त्यही कार्योजनालाई पनि अनुगमनको आधारका रुपमा लिने छ। 

Tata
GBIME
Nepal Life