BIZMANDU
www.bizmandu.com

शेयर बजार १२ सयको लाइनमा, फाइनान्स बाहेक सबै सूचकमा सुधार, कारोबार रकम कति पुग्यो?

२०७५ असार ३१

Tata
GBIME
Nepal Life

काठमाडौँ।आइतबार शेयर बजारमा पून: १२ सयको लाइनमा उक्लिएको छ। शेयर बजार मापक सूचकमा आठ अंकको सुधार भएसँगै बजार १२ सयमा उक्लिएको हो।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोवार मापक सूचकमा ८.११ अंकले बढेर १२००.०९ अंकमा उक्लिएको छ।

क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७६ अंकले बढेर २५२.८१ अंकम पुगेको छ। गत बिहीबार बजार सूचक ११ सयको लाइनमा ओर्लिएको थियो।

चालु आर्थिक वर्षको समाप्ति र आगामी आर्थिक वर्षदेखि अनलाइन कारोवार सुरु हुने अपेक्षाका कारण बजारमा सुधार देखिएको लगानीकर्ता केशव भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार साउनदेखि घरमै बसेर अनलाइनमा कारोबार गर्न पाउने उत्साह लगानीकर्तामा देखिएको छ।

कारोबारमा आएका फाइनान्स बाहेक सबै उपसूचक बढेका छन्। सोही कारण बजार बढ्न टेवा पुगेको हो। फाइनान्स १.५७ अंकले घटेको छ। बैक ७.८५, ट्रेडिङ ०.१७, होटल ४०.६६, विकास बैक ७.७१, जलबिद्युत १०.७८, वीमा ४३.४९, उत्पादन मुलुक ९.३८, अन्य १.९ र लघुवित्त ६.५५ अंकले बढेका छन्।

आइतबार १७० कम्पनीका ६ लाख ६७ हजार कित्ता शेयर १९ करोड ३८ लाख रुपैयाँमा कारोवार भयो। सबैभन्दा बढी सेन्चुरी कमर्सियल बैंकको संस्थापक शेयर एक करोड २९ लाख रुपैयाँमा कारोबार भयो।

आइतबार सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिव आठ प्रतिशत कमाए। नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले करिव सात प्रतिशत गुमाए।