BIZMANDU
www.bizmandu.com

कैलाश विकास बैंकको ५५ औं शाखा जनकपुरधाममा, जनकपुर,कावासेती र वर्दघाटमा पनि विस्तार गर्ने

२०७५ असार २९

 

Tata
GBIME
Nepal Life

काठमाडौं। कैलाश विकास बैंकको ५५ औं शाखा धनुषाको जनकपुरधाममा स्थापना भएको छ।

नेपाल राष्ट्र बैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले उक्त शाखाको एक कार्यक्रमका बिच उद्‍घाटन गरेका छन्।
 
जनकपुर शाखा पछि बैंकको शाखा संख्या ५५ पुगेको र एटिएम संख्या २५ पुगेको छ।  

बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठाँउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।