BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले सिन्धुपाल्चोकमा तीनवटा नयाँ शाखा खोल्यो, नयाँ शाखासँगै बैंकका शाखा ८९ पुगे

२०७५ असार २९

काठमाडौं। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीकोबलान बिहुलमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
 
नयाँ शाखा थपिएपछि  लक्ष्मी बैंकको  देशका ४५ जिल्लामा बिस्तार  शाखा संजाल ८९ पुगेको छ।

Tata
GBIME
Nepal Life

बैंकले ३ हस्पिटल सेवा काउन्टर, एकसय ४ वटा ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरुबाट बैंकिङ सेवा प्रदान गरेको जनाएको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल फोन मार्फत बैंकिङ्ग सेवा दिँदै शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्डलाई सशक्त पार्ने बैंकले जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०७३/ ७४मा ५९.३२  अर्ब  रुपैयाँ निक्षेप र ५२.७३ अर्ब रुपैयाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार ७०.९० अर्ब रुपैयाँ रहेको छ ।

बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गरेको जनाएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।