काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात सबै बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत कायम गरेको छ।
यसबाट बजारमा ४८ अर्ब रुपैयाँ तरलता थपिने राष्ट्र बैंकले जनाएको छ। यसैगरी राष्ट्र बैंकले वाणिज्य बैंकका लागि वैधानिक तरलता अनुपात १२ बाट १० प्रतिशतमा झारेको छ।
यस्तै विकास बैंककालागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीका लागि ८ प्रतिशतबाट बाट ७ प्रतिशत कायम गरिएको गभर्नर डा चिरञ्जिवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ।
यस्तै बैंक दरलाई ७ बाट ६ प्रतिशतमा झारिएको छ। केन्द्रीय बैंकले पुनर्कर्जा दर यथावत राखेको छ।