BIZMANDU
www.bizmandu.com

घट्दो बजारमा नगण्य सुधार, अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको लगानीकर्ताको आरोप

२०७५ असार १९

काठमाडौं। मंगलबार शेयर बजार केही उतारचढावका बीच ०.६५ अंकको सुधार भएर रोकिएको छ।

Tata
GBIME
Nepal Life

कारोबार सुरु हुँदा सुस्त देखिएको बजार ४० मिनेटसम्ममा थोरै सुधार देखिएको थियो। थोरै सुधार पनि थामिन नसक्दा १२ बजेर ४८ मिनेटसम्ममा ४.६६ अंकले गिरावट देखियो।

तर १ बजेर ३३ मिनेटमा बाउन्स ब्याक भएर २ बजेर २५ मिनेटसम्ममा ३.२ अंकको सुधार देखिए पनि अन्तिममा भने ०.०७ प्रतिशत सुधार सहित ११८०.३६ अंकमा रोकियो।

थोरै अंकले सुधार देखिएको बजारमा २१ करोड ८१ लाख रुपैयाँको कारोबार भयो। नेप्से सूचक सँगै बैंकिङ, होटल, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य उपसूचकहरुमा सुधार देखिए पनि विकास बैंक, हाइड्रोपावर, बीमा र माइक्रोफाइनान्सको उपसूचक घटेका छन्।

सबैभन्दा धेरै सिद्धार्थ बैंकको प्रमोटर शेयर दुर्इ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। एभरेष्ट बैंकसँग मर्जरको प्रकृयाँमा रहेको लक्ष्मी बैंकका शेयरधनीले सबैभन्दा धेरै ४.८४ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै गुमाएको रैराङ हाइड्रोपावरको कारोबारमै सर्किट लागेको छ। 

शेयर बजारमा धेरै किसिमका हल्ला भएपनि कुनै पनि विषयमा समाधान नहुँदा शेयर बजारमा असर परेको बजार विश्लेषक बलराम रिमाल बताउँछन्। 

अर्थमन्त्री खतिवडाले शेयर बजारको सु्धारकालागि केही पनि गर्न नसकेको उनले आरोप लगाए। बैंकको तरलता र ब्याजदरले पूँजी बजारलार्इ मात्रै नभएर समग्र अर्थतन्त्रलार्इ असर परेको बेलामा अर्थमन्त्रीले समाधानको कुनै पनि उपाय अपनाउन नसकेको उनी बताउँछन्।

"बजेटमा सहि कुरा उठेको भए पनि यसले अर्थतन्त्रमा कुनै पनि उत्साह दिन सकेन।" उनले भने- ' आम लगानीकर्ताले लिक्विडिटी तथा ब्याजदरका विषयमा थोरै सुधार हुने अपेक्षा गरिएकोमा त्यो भएन। ब्याजदर घट्दा पूँजी बजारलार्इ मात्रै सम्बोधन गर्ने भन्ने सोच राख्नु भन्दा पनि यसले समग्र अर्थतन्त्र चलायमान हुन्छ भन्ने विषयलार्इ किन हेर्न सकिएन?'- उनी प्रश्न गर्छन्।

यसकालागि त सरकारले जोखिम लिएर बैंदेशिक सहायता तथा विदेशी ऋण ल्याउन पहल गर्नुपर्यो।  विश्वका शक्तिशाली देश त ऋण लिएर अर्थतन्त्र चलाइरहेका छन् भने दुर्इ तिहाइ बहुमतको सरकारले किन आँट गर्न नसक्ने? यसले दुर्इ तिहाइ बहुमतको सरकार भन्ने भन्दा पनि कमजोर सरकारको रुपमा स्थापित गर्न खोजेको देखिएको उनको विश्लेषण छ।

अर्थमन्त्रीले लगानीमैत्री वातावरण बनाउन नसक्दा अर्थतन्त्र डामाडोल हुने स्थिति आयो। यहि हुने हो भने सरकारले रियल सेक्टरलार्इ प्रिमियममा शेयर निष्कासन गर्न दिएर पूँजी बजारमा ल्याउने पोलिसी नै असफल हुने विश्लेषक रिमाल बताउँछन्।