BIZMANDU
www.bizmandu.com

इरानबाट तेल आयात शुन्यमा झार्न अमेरिकाको दबाब, आयात बन्द हुँदा भारतलार्इ कस्तो असर गर्ला?

२०७५ असार १४

Tata
GBIME

नयाँ दिल्ली।संयुक्त राज्य अमेरिकाद्वारा इरानको तेल आयातमा कमी गरिने भावको विज्ञप्ति ‘भारत विशेष’ प्रति लक्षित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
 

बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले उक्त भनाइ विश्वका सवै मुलुकहरूलाई लक्षित गरी आएको बताएको हो ।विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सञ्चारकर्मीहरूलाई भने, “अमेरिकी विदेश विभागद्वारा जारी विज्ञप्तिमा आगामी नोभेम्बर ४ देखि इरानबाट गरिने तेलको आयात शुन्यमा झार्न र इरानसँगको सम्बन्ध रोक्न भनेको थियो । यो जानकारी हुनु जरूरी छ कि विज्ञप्ति भारत विशेषलाई लक्षित गरेर आएको थिएन यो विश्वका सवै मुलुकका लागि थियो ।”“जहाँसम्म हाम्रो हितबारेमा कुरा छ सम्बन्धित साझेदारसँगको वार्ता गर्दै हाम्रो इन्धन सुरक्षासहित हामीले सवै आवश्यक कदम चाल्ने छौँ।“
 
संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो ।
 
भारत भ्रमणमा रहेकी संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बुधबार भारतीय प्रधानमन्त्रीसँग पनि भारतको इरानसँगको निर्भरतामा कटौति गर्न आवश्यक हुने बताएकी थिइन्। तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।