BIZMANDU
www.bizmandu.com

टिभिएस् मोटरको ए-आरटी स्लिप्पर क्लच भएको नयाँ अपाचे आरटिआर २०० ४भी बजारमा

२०७५ असार ८

टिभिएस् मोटरको ए-आरटी स्लिप्पर क्लच भएको नयाँ अपाचे आरटिआर २०० ४भी बजारमा
टिभिएस् मोटरको ए-आरटी स्लिप्पर क्लच भएको नयाँ अपाचे आरटिआर २०० ४भी बजारमा

Tata
GBIME
Nepal Life

काठमाडौं विश्वव्यापी दुई पांग्रे र तीनपांग्रे सवारी साधनहरुको निर्माता टिभिएस् मोटर कम्पनीले आज नयाँ टिभिएस् अपाचे आर टिआर २०० ४भि नेपाली बजारमा ल्याएको छ।

रेस इडिसन २.० नाम गरेको नयाँ अपाचे आर टिआर २०० ४भि मा एन्टी रिभर्स ट्रोक (ए-आरटी) स्लिप्पर क्लच प्रविधि रहेको छ।

टिभिएस् अपाचे आर टिआर २०० ४भि मा रेसिङ इन्स्पाएर ग्राफिकस् पनि रहेको छ, जसले यस मोटरसाइकललाई आकर्षक बनाएको छ।
अत्याधुनिक एरोडाइनामिक्सको लागि यि मोटरसाइकलहरुमा फ्लाई–स्क्रिनलगाइएको छ। 

स्लिप्पर क्लच प्रविधिले मोटरसाइकलको क्षमतालाई बढाउँछ, क्लच फोर्सलाई २२% सम्मले घटाउँछ, जस्ले छिटो अपसिफ्ट गर्न मद्दत गर्दछ र लाप टाईम घटाउछ।

यो प्रविधिले उच्चगतिमा चालकको सुरक्षा सुनिश्चित गर्दछ, मोडहरुमा ह्वाइल होपीङ कम गर्दछ। यसले वाहन स्थिरता सुनिश्चित गर्नुका साथै न्यूनतम दबाबमा तीव्र र सटीक गियर सिफ्टगर्दछ।

टिभिएस नेपालका कन्ट्रि म्यानेजर एस नारायण कुमार र जगदम्बा मोटरर्सका उपाध्यक्ष दिपक अग्रवालको उपस्थितिमा मोटरसाइकलको लञ्च गरिएको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षले भने,  ‘हामी पर्फर्मेन्सका लागि र उत्साहीहरुका लागि रेस मेशिनहरु निर्माण गर्छौ – टिभिएस् अपाचेसिरिज हाम्रो ३५ वर्षको रेसिङको प्रमाण हो। बिगतदेखिनै हामी रेसिङ प्रविधिलाई पर्फर्मेन्स मोटरसाइकलहरुमा ल्याउन अगाडि रहेका छौं।‘

यस मोटरसाइकलमा १९७.७५ सिसि सिङ्गल–सिलिन्डर मोटर ५–स्पीड गेअर बक्ससँग जोडिएको कम्पनीले जनाएको छ।