BIZMANDU
www.bizmandu.com

एनएमबीको एफपिओमा शुक्रवारसम्म ६२ प्रतिशत पर्यो आवेदन, आवेदन दिन अझै समय बाँकी

२०७५ असार ८

काठमाण्डौं। एनएमबी बैंकले निष्काशन गरेको एफपिओ शुक्रवारसम्म ६२ प्रतिशत बिक्री भएको छ। 
 
बैंकले तीन अर्ब ८० करोड रुपैयाँ बराबरको एफपिओ निष्काशन गरेको छ। जसमा दुई अर्ब ३५ करोड ६२ लाख ६४ हजार सात सय १० रुपैयाँ बराबरको एफपिओ विक्रि भएको छ। जुन ६२ प्रतिशत हो। 
 
अझै बैंकले निष्काशन गरेको ३८ प्रतिशत शेयर बिक्रि हुन बाँकी छ। बैंकहरुबाट सम्पूर्ण आवेदन सिस्टममा अध्यावधिक गर्न केहि समय लाग्ने भएकाले अझै बढ्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ।
 
बैंकले ढिलोमा असार २८ गतेसम्म बिक्री खुला गर्न पाउने भए पनि सोमबारबाट माग अनुसारको आवेदन पर्ना साथ बिक्री बन्द हुनेछ। बैंकले आधार मूल्य एक सय रुपैयाँमा दुइ सय ३३ रुपैयाँ प्रिमियम थप गरि तीन सय ३३ रुपैयाँ प्रति कित्तामा एफपिओ निष्कासन गरेको हो।  
 

Tata
GBIME
Nepal Life