BIZMANDU
www.bizmandu.com

योजना आयोगमा आए लक्ष्मण अर्याल, राजस्व प्रशासनमा अब्बल अर्यालको सिंहदरबार इन्ट्री

२०७५ असार ७

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको सचिवालयको सचिवमा लक्ष्मण अर्यालको सरूवा गरेको छ। प्रदेश नं ४ को प्रमुख सचिव रहेका अर्यालले विहीबारबाट नयाँ जिम्मेवारी सम्हालेका छन्।
 
योजना आयोगका तत्कालीन सचिव शरदचन्द्र पौडेलले अवकाश पाएपछि अर्याललाई ल्याइएको हो। राजस्व प्रशासनका अब्बल मानिएका अर्याल अर्थ मन्त्रालयमा सहसचिवबाट सचिव बढुवा भएका थिए। सचिव हुने बित्तिकै उनको पदस्थापन प्रदेश नं ४ मा भएको थियो। 
 
आन्तरिक राजस्व विभागमा हालका अर्थसचिव राजन खनाल महानिर्देशक र अर्याल उपमहानिर्देशक हुँदा नक्कली भ्याट बिल छानबिन प्रकरण अघि बढाएका थिए। 
 
यस्तै एनसेल बिक्री प्रकरणमा पुँजीगत लाभकर असुलीमा अडान राख्ने थोरै प्रशासकमध्ये अर्याल पनि एक हुन्।

GBIME
Tata