BIZMANDU
www.bizmandu.com

बैंक र स्थानीय व्यापारीको पैसा लिएर फरार भए मुकेश, बैंकले लगायो मुकेशको व्यवसायमा ताला

२०७५ असार ७

Tata
GBIME
Nepal Life

वीरगंज।करोडौं रुपैयाँ ऋण लिएर वीरगंजका किराना व्यवसायी मुकेश साह तेली तीन साता देखि परिवारसहित वेपत्ता भएका छन् ।

वीरगंज घण्टाघर नजिक किराना समानको थोक व्यापारगर्दै आएका मुकेश गत जेठ २० गते देखि परिवारसहित सम्पर्कविहिन बनेका हुन्।उनी वेपत्ता भएपछि उनले बैंक र व्यवसायीहरुबाट लिएको करोडौ रुपैयाँ डुब्ने सम्भावना बढेको छ ।

अविनाश किराना पसलका सञ्चालक मुकेशलार्इ ग्लोबल आइएमई बैंक वीरगंज शाखाले१ करोड ३० लाख र वीरगंजका करिब ५० भन्दा बढी व्यवसायीको ३ करोड गरी साढे ४ करोडको ठगी मुद्दामा पर्सामा उजुरी पनि परेको छ ।पर्सा प्रहरी उनको खोजी गरिरहेको छ। पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले मुकेशको खोजी कार्य तीब्र पारिएको बताए।

बैंकले गत जेठ २७ गते मुकेशले सञ्चालन गरेको ८ वटा पसलमा सिलबन्दी गरेको छ।बैंकका वीरगंजका शाखाका प्रबन्धक शशिम कर्माचार्यले बैंकको ऋण लिएर मुकेश फरार भएको पुष्टि गरे ।‘अहिले धेरै भन्न मिल्दैन,’उनले भने,‘तर हाम्रो ऋण उठने सम्पति छ।उसको सबै पसलमा सिलबन्दी गरेर ३५
दिने सूचना निकाली सकेका छौं ।’ केही व्यवसायीहरुले ३ रुपैयाँ देखि ५ रुपैयाँ सयकडाको व्याज दरमा उनलार्इ पैसा दिएका छन् ।