BIZMANDU
www.bizmandu.com

मरिच तस्करीमा व्यापारी सञ्जय अग्रवाल पक्राउ,पौने चार करोड धरौटी बुझाउन नसक्दा जेल चलान

२०७५ असार ७

वीरगंज।वीरगंजका छाला उद्योगी सञ्जय अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ।

विभागका अनुसन्धान निर्देशक  धुव्र पोखरेललेप्रारम्भिक अनुसन्धानबाट दोषी ठहरिएको बताउँदै धरौटी बुझाउन नसक्दा हिरासतमा लिइएको बताए। ‘हिजो साँझ कार्यालय समयपछि ३ करोड ७५ लाख ८० हजार धरौटी माग्यौं,’उनलेभने,‘धरौटी बुझाउन नसकेपछि उनलाई हिरासतमा लिई नख्खु जेल पठाएका थियौ।’

Tata
GBIME
Nepal Life

उनको संलग्नता बारे थप अनुसन्धान भइरहेको छ।जेठ २१ गते राती वीरगंज भन्सार नाका भएर भारतीय गाडीमा १२ टन २ सय किलो मरिच ईनर्वा प्रहरीले नियन्त्रणमा लिएको थियो।

कानपुरबाट आलु लिएर वीरगंजमा अनलोड गरी युपी ७८ बिटी ३८०४ नं को भारतीय ट्रकमा बाईपासको एक गोदामबाट जुटको बोरामा मरिचको बोरा लोड गरिएको चालक धर्मेन्द्र कुमारले बयान दिएका थिए।

विभागको टोलीले तीन दिन अघि वीरगंजको दुई वटा फर्ममा छापामारी गरी कागजात नियन्त्रणमा लिएको थियो।विभागले अग्रवालको ग्लोबल लेदर ट्रेनिङ प्राली र निजका भाइ अनिल पाटवारीको साम इन्टरनेशनल प्रालीमा छापा मारेको थियो।

सञ्जयका कान्छा भाइ तथा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल भियतनामबाट ठूलो परिमाणमा मरिच आयात गरी दाइको छालाको गाडीमा भारत तस्करी गर्दै आएकोरहस्य खुलेको छ ।अग्रवालले दुई वटा भारतीय गाडीमा २५ टन छाला कानपुरको एक कम्पनीलाई पठाएको प्रज्ञापन पत्र तयार गरेका थिए जस मध्ये एउटा मरिचसहित पक्राउपरेको थियो।

अर्को एचआर- ५५ यू ४०६८ थियो।पक्राउ परेका अग्रवालले यही गाडीमा छाला पठाएको दावी गर्दै आएका छन् ।तर यो गाडीको नं पनि प्रज्ञापन
पत्रमा केरमेट गरी प्रकृया नै पूरा नगरि भन्सार कर्मचारीको मिलोमतोमा अनुमति पाएका थिए । युपी ९५ डिटीलाई कलमले काटेर एचआर ५५ यु ४०६८ नं उल्लेख गरी भन्सारको छाप र भन्सार अधिकृत सहीछाप थियो। पक्राउ परेका अग्रवाल छालासँगै विगतमा सुपारी,ल्वाङ लगायतको व्यापार गर्दै आएका छन्।