BIZMANDU
www.bizmandu.com

मेगा बैंकले साधारणसभा डाक्यो, मर्ज पछि दुबै बैंकका शेयरधनीले १०.७५% बोनस शेयर पाउने

२०७५ असार ७

काठमाडौं। मेगा बैंकले असार २९ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा बैंकको संचालन समितिले मेगा बैंक र साविक टुरिजम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको बोनस शेयर वितरण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले मर्ज पछाडि कायम भएको चुक्ता पूँजी ९ अर्ब २८ करोड रुपैयाँको १०.७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो।

मर्ज अगाडि कायम भएका शेयरधनीले बोनर शेयर वापतको कर छुट पाउने छन् भने त्यसपछि कायम भएका शेयरधनीले पनि कर तिर्नुपर्ने बैंकले जनाएको छ।

पूँजी बृद्ध भएसँगै बैंकले प्रबन्धपत्र संशोधनको लागि प्रस्ताव गरेको छ। प्रवन्धपत्रका अधिकृत पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ। बोनस शेयर पश्चात चुक्ता पूँजी १० अर्ब २८ करोड रुपैयाँ पुग्नेछ।

साधारणसभामा अर्को कुनै बैंकसँग गाभ्ने गाभिने प्रयोजनकालागि डिडिए गर्ने प्रस्ताव पनि रहेको छ। साधारणसभाले संस्थापक तर्फ तीन जना र सर्वसाधारणतर्फ तीनजना संचालनको निर्वाचन गर्ने भएको छ।