BIZMANDU
www.bizmandu.com

एनबिआइको केपिएमजीसँग साझेदारी, मानव संसाधन विकासका लागि साझेदारी गर्ने

२०७५ असार ६

एनबिआइको केपिएमजीसँग साझेदारी, मानव संसाधन विकासका लागि साझेदारी गर्ने
एनबिआइको केपिएमजीसँग साझेदारी, मानव संसाधन विकासका लागि साझेदारी गर्ने


 
काठमाडौं। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) र केपिएमजी लर्निङ एकेडेमी भारतबीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण र अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने समझदारी भएको छ।
 
समझदारीसँगै दुबै संस्थाले संयुक्त रुपमा लर्निङ एण्ड डेभलपमेन्टमा कार्यरत कर्मचारीका लागि तालिम प्रदान गर्ने छ। 
 
एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले कार्यस्थलको बदलिँदो परिवेशलाई संस्थाहरुले समय सापेक्ष र सान्दइर्भिक बनाउन आवश्यक रहेको बताए। 
 

Tata
GBIME
Nepal Life