BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीलाई भारतीय राजदूतको आग्रह, ‘भारतीय लगानीमा सञ्चालित आयोजनाको सुरक्षा होस्’

२०७५ असार ६

अर्थमन्त्रीलाई भारतीय राजदूतको आग्रह, ‘भारतीय लगानीमा सञ्चालित आयोजनाको सुरक्षा होस्’
अर्थमन्त्रीलाई भारतीय राजदूतको आग्रह, ‘भारतीय लगानीमा सञ्चालित आयोजनाको सुरक्षा होस्’


काठमाडौं। भारतीय राजदूत मञ्जीवसिंह पुरीले भारतीय लगानीमा सञ्चालित आयोजनामा सुरक्षा चुनौती बढेको भन्दै त्यसको सम्बोधनका लागि अर्थमन्त्री डा युवराज खतिवडासँग आग्रह गरेका छन्। बुधबार अर्थमन्त्रीसँग भेट गर्दै राजदूत पुरीले भारतीय लगानीमा सञ्चालित आयोजनामा सुरक्षा चुनौती बढेकाले सम्बोधनका लागि आग्रह गरेका हुन्। 
 
केही दिनअघि भारतीय लगानीमा अघि बढिरहेको अरुण तेस्रो जलविद्युत आयोजनामा विप्लव माओवादीले बम आक्रमण गरेको थियो। त्यस्तै केही समयअघि माथिल्लो कर्णाली जलविद्युत आयोजनाका गाडीमा पनि आगजनी भएको थियो। 
 
राजदूत पुरीले स-साना कारणले नेपालमा आयोजना कार्यान्वयनमा समस्या हुने भन्दै ती समस्या समाधानका लागि अर्थमन्त्री खतिवडासँग आग्रह गरेका अर्थमन्त्रीका एक सहयोगीले जानकारी दिए। 
 
राजदूत पुरीले नेपालको विकास प्रक्रियामा सहयोग गर्न भारत सधैं तयार रहेको भन्दै निरन्तर सहयोगको प्रतिबद्धता पनि जनाएका छन्।

Tata
GBIME
Nepal Life