BIZMANDU
www.bizmandu.com

रिलाएन्स लाईफको नयाँ बीमा योजना, घातक रोगविरुद्ध अतिरिक्त सुविधा लिन सक्ने

२०७५ असार ६

काठमाडौं। रिलायन्स लाईफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि जीवन शान्ति बीमा योजना अघि ल्याएको छ।
 
१६ वर्षको उमेरभन्दा माथिका व्यक्तिले यो योजना लिन सक्नेछन्। यस जीवन शान्ति बीमा योजनासंगै विभिन्न अतिरिक्त सुविधा पनि बीमितले लिन सक्ने कम्पनीले जनाएको छ। 
 
साथै कम्पनीले घातक रोगहरु विरुद्धको अतिरिक्त सुविधाहरु पनि अघि सारेको छ। नेपालमा१८ घातक रोगहरु विरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी भएको पनि कम्पनीले दावी गरेको छ। 

Tata
GBIME
Nepal Life