BIZMANDU
www.bizmandu.com

आइएमई लाइफको शेयर निष्कासन सिभिल क्यापिटलले गर्ने, बिक्री प्रवन्धक तोकियो

२०७५ असार ५

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको एकसय रुपैयाँ अंकित दरका साठी लाख कित्ता साधारण शेयर निष्कासनकालागि सिभिल क्यापिटल मार्केटलाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे।  

हाल कम्पनीको चुक्तापूँजी  १ अर्व ४० करोड  रुपैयाँ रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुने बिज्ञप्तीमा उल्लेख छ। शेयर निष्कासनपछि कम्पनीमा संस्थापक शेयर स्वामित्व७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत पुग्ने बताइएको छ ।

कम्पनीले गतवर्षको भदौदेखि कारोवार शुरु गरी हालसम्म देशभर ५० शाखा उपशाखामार्फत बीमा सेवा दिँदै आएको जनाएको छ।