BIZMANDU
www.bizmandu.com

जर्मन कारमेकर आउडीका सिइओ पक्राउ, फक्सवागेनकै जस्तो डिजेल इन्जिनमा त्रुटी भेटियो

२०७५ असार ४

Tata
GBIME
Nepal Life

म्युनिख। जर्मन कारमेकर आउडीको डिजेल इन्जिन मापदण्ड बिपरित पाइएपछि कम्पनीका सिइओ पक्राउ परेका छन्।

गत महिना मात्रै सार्वजनिक भएका ६० हजारवटा आउडीका ए ६ र ए ७ मोडलहरुको डिजेल इन्जिनमा कार्बन इमिसन समस्या देखिएपछि आउडीका सिइओ रुपर्ड स्टाडलरलाई पक्राउ गरिएको आउडीको संस्थापक कम्पनी फोक्सवागेनले पुष्टि गरेको छ।

यस विषयमा आउडीका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

आउडीले गत वर्षपनि ८ लाख ५० हजार गाडीहरुका इन्जिनमा समस्या देखिएकाले फेरबदल जरुरी भएको भन्दै फिर्ता लिएको थियो।

आउडीभन्दा अघि सन् २०१५ मा फक्सवागेन पनि ‘डिजेल इमिसन स्क्याण्डल’मा परिसकेको छ।

फक्सवागेनले अमेरिका निर्यात गरेका ६ लाख कारहरुको इन्जिनमा त्रुटी देखिएपछि ठूलो मूल्य चुकाउनुपरेको थियो।

कम्पनीले त्यसबेला विश्वभर बेचिएका १ करोड १० लाख डिजल कारहरुमा नयाँ सफ्टवेयर जडान गरेको जनाएको छ।