BIZMANDU
www.bizmandu.com

प्राइम लाइफको दाबी भुक्तानी, दुर्घटनामा परेका भुवन पन्तका परिवारले पाए ७३ लाख रुपैयाँ

२०७५ असार ४

Tata
GBIME
Nepal Life

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सले बीमित भुवन पन्तको परिवारलार्इ मृत्यु दावी भुक्तानी गरेको छ।
 
जीप दुर्घटनामा मृत्यु भएका पन्तले कम्पनीमा ४१ लाख रुपैयाँको बीमा गरेका थिए। यसको लागि पन्तले एक लाख ४५ हजार रुपैयाँ बीमा शुल्क तिरेको कम्पनीले जनाएको छ।
 
कम्पनीका प्रमख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले दुर्घटना लाभ सहित जीवन बीमा रकम दावी भुक्तानी गरेको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।  
 
कम्पनीका अनुसार मृतकका बुवा भवानी दत्त पन्तलार्इ चेक मार्फत दाबी भुक्तानी गरिएको हो।