BIZMANDU
www.bizmandu.com

सन् नेपालले आइपिओ निष्काशन गर्ने, ६० लाख कित्ता आउँदै, एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक

२०७५ असार ३

सन् नेपालले आइपिओ निष्काशन गर्ने, ६० लाख कित्ता आउँदै, एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक
सन् नेपालले आइपिओ निष्काशन गर्ने, ६० लाख कित्ता आउँदै, एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक

Tata
GBIME
Nepal Life

काठमाडौं। सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले ६० लाख कित्ता साधारण शेयर निश्काषन गर्न लागेको हो। 
 

साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नियुक्त भएको छ।
 
सन् नेपाल र एसबिआई मर्चेन्टबीच आइतबार यो सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट  कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन्।