BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकको एफपिओमा पहिलो दिन ५ प्रतिशत आवेदन, अधिकांश आवेदन १० कित्ताको लागि मात्रै

२०७५ जेठ ३०

काठमाडौं। एनएमबी बैंकले आजदेखि निष्काशन गरेको एफपिओमा ५ प्रतिशत मात्रै आवेदन परेको छ। आज सात हजार आवेदकले ६ लाख कित्ताको लागि २० करोड रुपैयाँ बढीको आवेदन दिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानीकोषले जानकारी दिएको छ।

Vigo
GBIME
Tata

अधिकांश आवेदन न्युनतम कित्ताको लागि परेको छ। आजको आवेदनमा न्युनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्मको लागि आवेदन परेको कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीले जानकारी दिए।

बैंकले प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख कित्ता एफपिओ निष्काशन गरेको हो। यस भन्दा अगाडी निष्काशन भएका बुटवल पावर कम्पनी बाहेक अन्य कम्पनीको दोस्रो दिनमै आवश्यक आवेदन पर्ने गरेको थियो।

बैंकको आजदेखि निष्काशन भएको एफपिओ छिटोमा असार ३ गतेसम्म विक्री खुला हुनेछ। पहिलो चरणमा शेयर बिक्रि नभए ढिलोमा असार २८ गतेसम्म बिक्री खुला हुनेछ।