BIZMANDU
www.bizmandu.com

अल्पकालिन कारोवारकालागि सर्ट सेल र इन्ट्रा डे ट्रेडिङको सुरुवात गर्न माग, ‘शेयर ढिला सुचिकृत’

२०७५ जेठ २९

अल्पकालिन कारोवारकालागि सर्ट सेल र इन्ट्रा डे ट्रेडिङको सुरुवात गर्न माग, ‘शेयर ढिला सुचिकृत’
अल्पकालिन कारोवारकालागि सर्ट सेल र इन्ट्रा डे ट्रेडिङको सुरुवात गर्न माग, ‘शेयर ढिला सुचिकृत’

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर वजारमा कारोवारको दायरा फराकिलो वनाउन अल्पकालिन औजारको व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन्। 

 
शेयर वजारमा अल्पकालिन कारोवारका लागि सर्ट सेल र इन्ट्रा डे ट्रेडिङको सुरुवात गर्न नेपाल स्टक ब्रोकर एसोसिएनका अध्यक्ष प्रियराज रेग्मीले  नेपाल धितोपत्र वोर्डसँग माग गरेका हुन्। वोर्डले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ मा अपनाइने धितोपत्र तथा वस्तु विनिमय वजार सम्बन्धि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा रेग्मीले माग राखेका हुन्।
 
लगानीकर्तासँग शेयर नभए पनि बिक्री गर्न र बिक्री गरेको शेयर पुन: बजारबाटै खरीद गरेर मिलान गर्ने औजारलाई सर्ट सेल भनिन्छ। एकै दिनमा ब्रोकरले दिएको लिमिटमा शेयर खरिद बिक्रि गर्ने औजार इन्ट्रा डे ट्रेडिङ हो। 
 
नेपालमा भने यस्तो अभ्यास भएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विकास गरिरहेको नयाँ अनलाइन प्रणलीमा भने यस्तो कारोवार गर्न सकिन्छ। त्यही भएर नियामकले यस्तो कारोवारको स्विकृति दिनुपर्ने रेग्मीको माग हो। 
 
ब्रोकर कम्पनीले अनलाइन कारोवार सुरु गर्न थप डेढदेखि दुई करोड पूँजी थप्नु पर्ने हुँदा पूँजी अनुसारको कारोवार गर्न यस्तो कारोवारको आवस्यकता रहेको रेग्मीले बताए। 
 
भेन्चर क्यापिटललाई संस्थागत गर्नु पर्ने भन्दै बुक बिल्डिङको व्यवस्था गर्न मर्चेण्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले सुझाए। 
 
दोस्रो बजारमा सेयरको संख्या बढेको तर सोहि अनुपातमा संस्थागत लगानीकर्ताको व्यवस्था नभएको भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे।
 
कम्पनीहरुले हकप्रद र वोनस शेयर घषणा गर्ने तर समयमा सूचिकृत नभएको भन्दै लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले गुनासो गरे। प्रथमिक वजारको विकसजस्तै दोस्रो वजारको विकास गर्न अर्यालको सुझाव छ।
 
आगामी दिनमा पूँजी वजारको विकासका लागि वोर्डले नीति तथा कार्यक्रम वनाउन लागेको अध्यक्ष रेवतवाहादुर कार्किले वताए। कार्यक्रमा संकलित सुझाव आगामी निति तथा कार्यक्रममा समेटिने कार्किले वताए।