BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले ल्यायो आफ्नै एप, टेलिकमका प्याकेज किन्न र बिल तिर्न सजिलो

२०७५ जेठ २७

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले आफ्नै  मोबाइल एप 'नेपाल टेलिकम' संचालनमा ल्याएको छ। टेलिकमले जीएसएम, सीडीएमए, पिएसटीएन र एडीएसएल लगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोवाइल एप संचालनमा ल्याएको  जनाएको छ।

उक्त मोवाइल एपमा लग इन गर्नसाथ टेलिकमको प्याकेज खरिद गर्न सकिने र प्याकेज सम्बन्धी जानकारी लिनसक्ने कम्पनीले बताएको छ।
 
कम्पनीका अनुसार उक्त एपबाट फ्रेण्ड्स एण्ड फेमिली कल (एफएनएफ) सर्भिसमार्फत पाँचवटा नम्बरमा सस्तो कल गर्न सकिने, एण्ड्रोइडमार्फत रिचार्जकार्ड स्क्यान गरेर रिचार्ज पनि गर्न सकिने र मोबाइल मार्फत विभीन्न प्याकेज आदाप्रदान गर्न सकिनेछ।
 
उक्त एप मार्फत रिचार्जकार्डबाट कम्पनीको विभीन्न सेवाको विल भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ।
 
एपमार्फत इमर्जेन्सी नम्बर(सुरक्षा निकाय) डायल गर्न सकिने र कम्पनीले दिने विभीन्न सेवाको महसुलबारे जानकारी लिन सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ।
 
कम्पनीका अनुसार एप गुगल प्ले स्टोर र एप्पल प्लेस्टोर बाट डाउनलोड गर्न सकिनेछ।