BIZMANDU
www.bizmandu.com

रसिया विश्वकपकमा ७ नम्बर जर्सी लगाउने ७ चर्चित खेलाडी

२०७५ जेठ २६

फुटबल खेलमा केही जर्सी नम्बरहरु विशेष हुन्छन्। त्यसलाई अझ स्टार र उत्कृष्ट खेलाडिले लगाएपछि झन् विशेष हुन्छ।

Tata
GBIME
Nepal Life

रसियामा हुने विश्वकप फुटबलका लागि पनि सहभागी ३२ देशले आफ्ना २३ खेलाडीको लागि १ देखि २३ नम्बरसम्मका जर्सी नम्बर छुट्याइसकेका छन्। अबको केही दिनभित्रै रसियामा विश्वकप फुटबल सुरु हुँदैछ र स्टार खेलाडीहरुको खेल देख्न पाइनेछ।

यसअघिनै जर्सी नम्बर १० लगाउने चर्चित खेलाडिको बारेमा हामीले प्रस्तुत गरिसकेका छौँ। यस लेखमा रसिया विश्वकमपा जर्सी नम्बर ७ लगाउने ७ खेलाडीको बारेमा चर्चा गर्दै छौ।

जसमा वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोदेखि इंग्लिस क्लव टोटनहमबाट खेल्ने सन हेउन मिनसम्म छन्। यी सात खेलाडी जो क्लब फुटबलमा चर्चित छन्। उनीहरु क्लब फुटबलमा पनि ७ नम्बर जर्सी नै लगाउने गर्छन्। उनीहरु रसिया विश्वमपा उत्कृष्ट खेल प्रदर्शन गर्न र आफ्नो टिमलाई अगाडी बढाउन आतुर छन्।

 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

स्पानिस क्लब रियल मड्रिडबाट खेल्ने रोनाल्डोले क्लबमा पनि ७ नम्बर जर्सी नै लगाउने गरेकाछन्। त्यसअघि नै उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युवा उमेरमै ७ नम्बर जर्सी लगाइसकेका थिए। यस्तै पोर्चुगलका तत्कालिन कप्तान लुइस फिगोले सन्यास लिएपछि रोनाल्डोले राष्ट्रिय टिमका लागि पनि ७ नम्बर जर्सी लगाउन थालेका हुन्। उनले यसअघि २०१० र २०१४ को विश्वकप तथा २०१२ र २०१६ को युरोकपमा पनि सोही जर्सी लगाएका थिए।

 

एन्टोनी ग्रीजमन, फ्रान्स

फ्रान्सेली टिमका महतवपूर्ण स्ट्राइकर हुन् ग्रीजमन। स्पेनकै एट्लेटिको मड्रिडबाट खेल्ने उनले त्यहाँ पनि ७ नम्बर जर्सी लगाउँदै आएका छन्। दुई वर्ष अघि घरेलु मैदानमा भएको युरो कपमा पनि जर्सी नम्बर ७ लगाएर खेलेका ग्रीजमन युरो २०१६ को उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता चयन भएका थिए। तर फाइनलमा भने फ्रान्स पोर्चुगलसँग पराजित हुँदै उपविजेतामा समेटिएको थियो।

 

इभान राकिटिच, क्रोएसिया
 

यी खेलाडी पनि स्पानिस क्लबबाटै खेल्ने गर्छन्। बार्सिलोनाबाट खेल्ने राकिटिचले क्रोएसियाका लागि जर्सी नमब्र ७ लगाएर खेल्नेछन् रसिया विश्वकपमा। क्रोएसियाका लागि रियल म्याड्रिडबाट क्लव फुटबल खेल्ने लुकास मोडरिक पछिका स्टार खेलाडि यीनै राकिटिच हुन्।

 

केभिन ड्रे ब्रुएना, बेल्जियम

बेल्जियमका केभिन डे ब्रुएना क्लब फुटबलमा अहिलेका उत्कृष्ट मिडफिल्डर मध्ये एक हुन्। इंगलिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने ब्रुएनाले बेल्जियमका लागि जर्सी नम्बर ७ लगाउनेछन्। क्लब फुटबलजस्तै देशका लागि पनि उनले राम्रो खेले बेल्जियम विश्वकपमा अगाडी पुग्न सक्छ।

 

सन हेउन मिन, दक्षिण कोरिया

इंगलिस क्लब टोटनहम हट्सपरलाई प्रिमियर लिगमा शीर्ष चारमा पुर्‍याउन ह्यारी केन सँगै यी कोरियन खेलाडिको पनि महत्वपूर्ण योगदान रहेको थियो। अब देशका लागि विश्वकप खेल्दा पनि मिन बाट उस्तै अपेक्षा गरिएको छ। टोटनहममा समेत ७ नम्बर जर्सी लगाउने मिनले विश्वकपमा दक्षिण कोरियाका लागि ७ नम्बर जर्सी लगाएर खेल्नेछन्।

 

युलियन ड्राग्सलर, जर्मनी

एक वर्ष अघि रसियामै भएको पिफा कन्फेडेरेसन कपमा जर्मनीलाई च्याम्पियन बनाउँदाका कप्तान हुन ड्राक्सलर। त्यतिखेलर जर्मनीको युवा टोलीको उपाधि यात्रा सम्म नेतृत्व गरेका यी खेलाडि अहिले जर्मनीको महत्वपूर्ण खेलाडिको रुपमा रहनेछन्। त्यसैले पनि यी खेलाडिलाई यसपटक जर्सी नम्बर ७ दिइएको छ।

 

डुगलास कोस्टा, ब्राजिल
 

इटालियन क्लब युभेन्ट्सबाट खेल्ने डुगलास कोस्टा ब्राजिलबाट जर्सी नम्बर ७ लगाएर रसिया विश्वकप खेल्दैछन्।

 

यी बाहेक रसियामा जर्सी नम्बर ७ लगाउनेमा अर्जेन्टिनाका एभर बनेगा, इंगल्याण्डका जेस लिनगार्ड, स्पेनका सउल निगेज लगायतका खेलाडी पनि छन्।